बैशाख १४, २०८१ शुक्रबार

बजार अनुगमन ढिला भइसक्यो

सम्पादकीय

बजारमा प्रिन्ट मुल्यभन्दा फरक मुल्यमा व्यापारीले खानेतेल उपभोक्तालाई विक्री गरिहरेका छन् । खानेतेल मात्र होइन, उपभोग्य सबै सामानमा विक्री मुल्यभन्दा बढीमा खरिद गर्नु परेको छ । ससाना वस्तुमा १० रुपैयाँभन्दा माथि मुल्य बढाएर व्यापारीले उपभोक्तालाई ठगि गरिहरेका छन् । उपभोक्ता कोरोना महामारीको बाध्यतामा परेर व्यापारीको मनमरी मुल्य तिर्न बाध्य भइरहेका छन् । यसको नियमन गर्नेहरु अहिले चुपचाप छन् । नियमनकारी निकाय बेलामा बोल्न सकिरहेका छैनन् । आम उपभोक्ताई ठगिनबाट जोगाउनु उनीहरुको मुख्य दायित्व हो ।

सरकारले आम व्यवसायीहरुलाई सचेत गराइसकेको छ । तर, व्यवसायी टेर्ने पक्षमा छैनन् । किनभने उनीहरुलाई नागरिकको बाध्यता चाडपर्व जस्तै भएको छ । चाडवाडमा मात्रै मज्जाले ठगि गर्न सक्ने व्यापारी कोरोना महामारीलाई समेत अवसर बनाइरहेका छन् । यसैले राज्य पक्षको नियमनकारी निकाय, नागरिकको तहबाट बनेको उपभोक्ता अधिकारबादी संस्थाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुको विकल्प छैन । अप्ठ्यारोमा बाहिर नआउने यस्ता निकायको खास औचित्य छैन ।

कोरोना महामारीको समयमा व्यवसायीहरुले ठगि गर्न सक्ने कुरालाई ध्यान दिंदै स्थानीय तहले पनि चनाखो बन्नुपर्ने हो । विभिन्न बहाना बनाएर व्यापारीले जसरी पनि चर्को शुल्क असुल्छन् । उनीहरुलाई कमाउनु बाहेक खास मतलव छैन । सरकारले व्यवसायीलाई रिलेवलिङ नगर्न सचेत गराएको छ । राज्य पक्ष कोभिडको जोखिम घटाउन र उपचार व्यवस्थापनका लागि क्रियाशिल बनिरहेको छ । यसैले आ–आफ्नो ठाउँबाट आफै अनुगमन गरौं । हामीले नै महंगोमा खरिद गर्र्यौ, महंगो त परिहाल्छ भन्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउँ । त्यसका लागि स्थानीय तह र स्थानीय प्रशासनसँग समन्वय गरौं । अब, ढिला नगरौं ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]