बैशाख ७, २०८१ शुक्रबार

अक्सिजनको कालोबजारी रोकौं

प्रतिदिन कोरोनाको महामारीले मानवीय जीवनलाई संकट तर्फ धकेलिरहेको छ । शुरुमा चिनबाट देखिएको संक्रमण दोस्रो लहरसम्म आइपुग्दा भारतलाई समस्या बनेको छ । नेपालको छिमेकी राष्ट्र भारतमा दोस्रो लहरको संक्रमणले भयावह बनाएको छ । भारतसँग जोडिएको हुँदा यो पटकको भाइरसले नेपालमा पनि ठुलो प्रभाव पारिरहेको छ । पहिलो पटक कोरोना देखा पर्दा नेपालमा खाद्यन्न जोहो गर्ने चिन्ता थियो । भोकभोकै मरिएला कि भन्ने पीरले नागरिकमा खाद्यन्न जोहो लहड चल्यो । तर, दोस्रो लहरको कोरोनाले आम मानिसलाई खाद्यन्न जुटाउने भन्दा पनि अक्सिजन जुटाउने तर्फ ध्यान केन्द्रीत भएको छ ।

भारतीय नागरिकलाई संक्रमण हुँदा सबैभन्दा धेरै आवश्यक भएको अक्सिजन नेपालमा पनि उस्तै होला भन्ने चिन्ता बढेर गएको छ । भारतीयहरु अक्सिजन नपाउँदा कतिपय सडक मै मर्नुपरेको छ । अक्सिजन अभावले भारतीयहरु छटपटाएको देखेर नेपाली नागरिक पनि अक्सिजन जोहो गर्न लागिरहेका छन् । प्रायःसबैको ध्यान अक्सिजन जोहो गर्नेमा केन्द्रीत भएको छ । नेपालमा अक्सिजन उपलब्ध हुने अवस्था छ । तर, यहाँको विडम्बना सिलिण्डर अभावको हो । सिलिण्डर नहुँदा अक्सिजन हुनुले खासै अर्थ राख्दैन । त्यसैले अहिलेको आवश्यकता भनेको अक्सिजन भर्ने सिलिण्डर नै हो ।

छिमेकी राष्ट्र भारतमा अक्सिजनको अभावले छट्पटिएको देखेर यहाँ केहि धनाड्य र टाठाबाठाले शुरुमै सिलिण्डर थन्क्याएका छन् । आफै मात्र सुरक्षित बसौ भन्नेहरुले सिलिण्डर जुटाउन धेरै प्रयासहरु पनि गरिरहेका छन् । यो बेला व्यापारीले पनि बढी मुल्यमा विक्रि गर्ने संभावना छ । यसैले बजारमा सरोकारवाला निकायबाट अनुगमनको खाँचो छ । अक्सिजन उत्पादनमा समेत समस्या देखिएको छ । पर्याप्त सिलिण्डर नहुँदा अक्सिजन उत्पादन गर्न नसकेको कम्पनीहरु बताइरहेका छन् । यसैले संक्रमण नभई कसैले पनि अक्सिजन जोहो नगरौं । अक्सिजन जोहो गरेर राख्नुभन्दा संक्रमितहरुलाई सहजताका लागि सहयोग गर्नुपर्छ । थन्क्याउनेलाई कोरोना नभए, अर्को संक्रमित पनि अभावले मर्नेछ । यसैले यसको अनावश्यक जोहो नगरौं । कालोबजारीलाई निगरानी गरौं ।

प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]