बैशाख १४, २०८१ शुक्रबार

एनएमसीको ४२ औ शाखा फिक्कलमा

फिक्कल । झापाको मेचीनगर स्थित काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो ४२ औँ शाखा इलामको फिक्कलमा खोलेको छ ।

सूर्योदय नगरपालिका–१० मा रहेको पञ्चकन्या बहुउद्देश्यीय सहकारीलाई समाहित गर्दै एनएमसीले झापा जिल्ला बाहिर पहिलो शाखाको रुपमा फिक्कलमा खोलेको हो ।

शाखाको पहिलो सेयर खरिदकर्ता गणेश घिमिरेले पानसमा बत्ती बाल्दै शाखाको उद्घाटन गरे । २०५० सालमा स्थापना भएको एनएमसीको हालसम्म १ लाख १० हजार भन्दा बढि सेयर सदस्य रहेका छन् । पहिलो सेयर खरिदकर्ता घिमिरेलाई पञ्चकन्या सहकारीका अध्यक्ष देविप्रसाद उप्रेतीले १ लाख १० हजार ७ सय ६६ आँै सदस्यको प्रमाणपत्र प्रदान गरे ।

सहकारीको चुक्ता सेयरपुँजी १ अर्ब ५ करोड रुपैया भन्दा बढि रहेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरुमा ८ अर्ब भन्दा बढि लगानी गरेको छ । एनएमसीले झापा र इलामसँगै मोरङमा समेत शाखा विस्तार गर्ने तयारी गरेको छ ।

सरकारले ल्याएको सहकारी मर्ज नीति अनुसार एनएमसीसँग पञ्चकन्यालाई समाहित गरिएको अध्यक्ष रामचन्द्र उप्रेतीले बताउँनुभयो । २०५५ सालमा ३१ जना सेयर सदस्यबाट सुरु भएको सहकारीको हाल ५ सय भन्दा बढि सदस्यहरु रहेका छन् । एनएमसीले मंगलबारबाट फिक्कलमा कारोबार सुरु गर्नेछ ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ४ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]