जेष्ठ २, २०७८ आईतबार

राष्ट्रिय जनगणना स्थगित

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो ।

कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट