बैशाख १३, २०८१ बिहीबार

९ लाख धरौटीमा छुटे विर्तामोड ८ का वडाध्यक्ष, फैसला अझै बाँकी

विर्तामोड । गैर नेपालीलाई झुठा विवरणमा नागरिकता दिन सिफारिस गर्ने विर्तामोड–८ का तत्कालिन वडा अध्यक्ष अजय कार्की जंगे ९ लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । उनी एक वर्षदेखि फरार थिए ।

झापा प्रहरीले कार्कीलाई सोमवार पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले अदालत हाजिर गराएको प्रवक्ता राकेश थापाले जानकारी दिए । उनका अनुसार अदालतले ९ लाखको धरौटी खुलाएको थियो । सो रकम धरौटी बुझाएर कार्की तारेखमा छुटेका छन् । उनी विरुद्ध विभिन्न तीन वटा मुद्धा दर्ता भएका थिए । कार्कीभन्दा कम मुद्धा दर्ता भएका र कम दायित्वमा परेकाहरु कारागार चलान भइसकेका छन् ।

अब कार्कीले बाहिर बसेर मुद्धा लढ्न पाउने भएका छन् । उनी धरौटी तिरेर राखेमा छुटेपनि मुद्धाको फैसला सकिएको छैन । एक अधिवक्ताले भने, कार्कीको मुद्धा प्रक्रिया बढेको हो ।

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  १ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]