बैशाख ६, २०८१ बिहीबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  १२ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]