बैशाख २१, २०८१ शुक्रबार

झापामा निषेधाज्ञा थपिने संभावना बढ्यो

विर्तामोड । झापामा कोभिड संक्रमण बढेपछि जिल्ला प्रशासनले बैशाख १९ गते राती १२ बजेदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । निषेधाज्ञामा नागरिकको लापरबाही र संक्रमण दर झनै बढ्दै गएपछि २२ गतेदेखि लागु हुने गरी प्रशासन कार्यालयले बैशाख मसान्तसम्मलाई पूर्ण निषेधाज्ञा लागु गरेको छ ।

बैशाख मसान्तसम्मलाई लागु गरिएको पूर्ण निषेधाज्ञाको समय सकिन लागेको छ । डीसीसीएमसीले लागु गरेको पूर्ण निषेधाज्ञा सकिन अब तीन दिन मात्रै बाँकी छ । निषेधाज्ञापछि लगाइएको पूर्ण निषेधाज्ञा फेरि थप हुन्छ कि सकिन्छ भन्ने जिज्ञासा धेरैको छ ।

निषेधाज्ञाले संक्रमण दर कम गर्ने मुख्य उदेश्य भए पनि जिल्लामा हरेक दिन संक्रमण दर बढिरहेको तथ्याङक छ । स्वास्थ्य कार्यालय झापाका अनुसार निषेधाज्ञा लागु भएको २२ गतेदेखि २७ गतेसम्म क्रमशः १९०,२०१,१४५, १९५,१५२,२६९ जनालाई संक्रमण पुष्टि भएको छ । यहि अवधिमा १९ जना संक्रमितले ज्यान गुमाएका छन् । प्रतिदिनको बढ्दो संक्रमण र मृत्यूका कारण धेरैले पूर्ण निषेधाज्ञालाई थप गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

विर्तामोड रेडक्रसका सभापति सजेश शिवाकोटीको प्रतिक्रिया पनि उस्तै । शिवाकोटीले संक्रमण कम गर्न निषेधाज्ञाको विकल्प नरहेको बताए । उनका अनुसार संक्रमण बढ्द गयो भने समय थप हुनुपर्छ । यस्तै, विर्तामोडका कोभिड फोकल पर्सन ओम खड्काले नगरको संक्रमण दर अनुसार निषेधाज्ञाको समय थप्नै पर्ने बताएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय महासचिव सुवास भट्टराईले समय थप्नै पर्ने प्रतिक्रिया दिए । उनले कोभिडको भयावह रोक्न कम्तिमा एक हप्ता थप गर्नुपर्ने बताए ।

प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार  २ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]