बैशाख १२, २०८१ बुधबार

जंगली हात्तीको आक्रमणबाट ४४ वर्षीय जीत बहादुरको मृत्यू

विर्तामोड । कमल गाउँपालिका – ३ का ४४ वर्षीय जीत बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यू भएको छ । आज विहान ५ः ३० बजे लिम्बुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रतुवामाई वृक्षारोपन सामुदायिक वन क्षेत्र नजिक जंगली हात्तीको आक्रणबाट लिम्बुको मृत्यू भएको झापाका प्रहरी प्रवक्ता रोकश थापाले जानकारी दिए । उनका अनुसार घटनास्थल सुरक्षित राखिएको छ । थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इप्रका दमकको टोली घटनास्थल पुगिसकेको बताइएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]