बैशाख ११, २०८१ मंगलबार

एकका लागि एक अभियानद्वारा कोभिड लक्षित तीन कार्यक्रम घोषणा

विर्तामोड । एकका लागि एक अभियानले कोरोना महामारीको दोस्रो लहरलाई लक्षित तीन वटा कार्यक्रम घोषणा गरेको छ । भर्जुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरी कार्यक्रम घोषणा गरेका हुन् ।

कोभिडको दोस्रो लहरमा अभियानले अक्सिजन बैंक स्थापना गर्ने, संक्रमित परिवारलाई खाद्य सामग्री उपलब्ध गराउन एक करोड संकलन गर्ने र एक्स–रे मेसिन खरिद गरेर सञ्चालनमा ल्याउने कार्यक्रम घोषणा गरिएको छ । ४ सय भन्दा बढी अक्सिजन सिलिण्डर चाइनाबाट आयात गर्ने संयोजक गिरीले जानकारी दिएका छन् ।

कोरोनाको पहिलो चरणमा एकका लागि एक अभियानले पीसीआर ल्याव स्थापना गर्ने देखी गरिव विपन्न नागरिकलाई खाद्यान्न वितरण गरेको थियो । भर्चुअल बैठकमा अभियानका संयोजक गिरीले गत वर्षको आम्दानी र खर्च समेत सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा सहारा नेपालले १ सय थान अक्सिजन सिलिण्डर सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, अष्ट्रेलियाबाट दिपक खनालले १० थान, अन्तराष्ट्रिय झापाली सरोकार समाजले अक्सिजन बैंकलाई १ सय थान सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ ।

एउटा अक्सिजन सिलिण्डरलाई १५ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]