बैशाख ७, २०८१ शुक्रबार

एकैदिन ५ हजार ४ सय ५५ जना कोरोना सङ्क्रमणमुक्त

विर्तामोड । पछिल्लो २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ३३ हजार एक सय आठ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार नौ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ जनामा र पाँच सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार सात सय चार पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ८७ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]