बैशाख १२, २०८१ बुधबार

टोकलालाई निर्देशन – ‘चलाउनै परे स्वास्थ्य मापदण्ड पालना गर्नु’

मेचीनगर । मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई अहिले कोभिड १९ को नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यन्वयन गर्न निर्देशन दिइएको छ ।

विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गदैं नगरको ७ र ८ नम्बर वडामा संयौ विगाह क्षेत्रफमा रहेकोे टोकला चिया कमान सञ्चालनमा रहेको गुनासो आए पछि नगर प्रमुख विमल आचार्यको नेतृत्वमा रहेको उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य गंगा पाठक, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिलसिहं दाहाललगायतका टोलीले कारखानामा नै पुगेर नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको हो ।

‘मेचीनगर क्षेत्रमा रहेको नेपाल चिया विकास निगमद्वारा सञ्चालित टोकला चिया बगानले सरकारको निर्णयलाई अटेर गरी निर्वाधरुपमा सञ्चालन भएको गुनासो प्राप्त भएपछि नगरपालिकाको तर्फबाट हामी त्यहाँ पुगियौं’ नगरप्रमुख आचार्यले भन्नुभयो-‘हामीले बगान प्रशासनलाई स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै श्रमिकलाई काममा लगाउन निर्देशन दिएका छौ । ’ हरेक दिन गाउँ गाउँबाट श्रमिक आउने र जाने क्रम बन्द गर्न र उद्योगभित्र कार्यरत मजदुरहरुलाई बाहिर खुलारुपमा आवतजावत गर्न नदिई भित्रै सुरक्षा सामग्री प्रयोग गरेर काममा लगाउन नगरपालिकाले बगान प्रशासनलाई भनेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा उद्योग सञ्चालकहरुले उद्योग सञ्चालन गर्नु परे सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मानेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसको बेवस्ता गर्दै टोकला बगानका मजदुरहरु गाँउ घरबाट नै काम गर्न आउने जाने गरेको गुनासो स्थानीयले गरेपछि नगरपालिकाले बगानलाई निर्देशन दिइएको हो ।

प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]