बैशाख २६, २०८१ बुधबार

संक्रमितको घरघरमा शिवसताक्षीका मेयर र स्वास्थ्यको टोली

सरोज भट्टराई

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेका सक्रिय संक्रमितलाई हौसला तथा औषधि वितरण गर्न शिवसताक्षी मेयर संक्रमितको घरमै पुग्ने गेरका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १ शुक्रबारे स्थित एउटै परिवारका पाँच जना संक्रमितलाई मेयर चन्द्रकुमार शेर्मा र नगर स्वास्थ्यको टोली घरमै पुगेर संक्रमितहरुलाई स्वास्थ्यका विषयमा जानकारी लिएको हो ।

टोलीले दूधे आयुर्वेदबाट इम्युनिटी पावर बढाउने औषधीहरु समेत संक्रमित परिवारलाई प्रदान गरेको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले शिवसताक्षीमा कोरोना संक्रमित बढेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले नगरपालिकाले संक्रमितहरुको लागि स्वास्थ्यको टोलीलाई २४ सै घण्टा खटाईरहेको जानकारी दिए । नगरले अति न्यून आय भएका संक्रमित परिवारलाई निःशुल्क रुपमा पिसिआर गर्ने र अस्पतालसम्म पु¥याउने ल्याउने व्यवस्था मिलाएको बताए ।

उनले भने, नगरबासी कोहीलाई पनि कोरोनाको संक्रमण भएको शंका लागे नगरपालिका तथा कोभिड व्यवस्थापन टिमलाई सम्पर्क गरे नगरपालिकाले निःशुल्क रुपमा अस्पताल पु¥याउने, अक्सिजनको आवश्यक परे अक्सिजन उपलब्ध गराउने, कोरोना टेष्ट गरिदिने व्यवस्था मिलाएको छ । नगरले सञ्चालन गरेको आइसोलेशनमा बस्न चाहनेहरुका लागि अक्सिजन सहितको बेड उपलब्ध गराएको छ । जसमा खाना र खाजाको समेत नगरले व्यवस्था गरेको बताए । तर हालसम्म कोही पनि आइशोलेसनमा आएर बस्न नचाहेको नगरप्रमुख शेर्माले जानकारी दिए ।

कोराना संक्रमितहरुका उपचारका लागि नगर स्वास्थ्यका स्वास्थ्यकर्मी रोशन अधिकारीको भूमिका महत्वपूर्ण रहेको प्रमुख शेर्माले बताए । प्रमुख शेर्माका अनुसार, नगरका स्वास्थ्यकर्मीहरु मध्ये निडर र कर्तव्य निष्ठ भएर संक्रमितहरुको घर घरमै गई स्वास्थ्य अवस्था बारेमा बुझ्ने विरामीलाई अस्पतालसम्म पु¥याउने सबै काम उनले नै गर्दै आएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर यता हाल शिवसताक्षी नगरपालिकामा संक्रिय संक्रमितको संख्या १०१ पुगेको छ । जसमा १० जना झापाका विभिन्न अस्पतालमा उपचारत छन् । नगरभित्रका १० जनाले कोरोना जितेर निको भएका छन् भने ३ जनाको मृत्यु भएको नगरका स्वास्थ्यकर्मी रोशन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार होम आइशोलेशनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था सामन्य रहेको छ भने अस्पतालमा उपचार रहेका संक्रमितको स्वास्थ्य अवस्थामा सुधारउन्मुख रहेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार  ३ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]