बैशाख १४, २०८१ शुक्रबार

संक्रमित वडाध्यक्ष मेचेको मृत्यू

मेचीनगर । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।

उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको एक हप्तादेखि आईसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारकै क्रममा दिउसो १२ वजे मृत्यु भएको मेचीनगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  २ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]