जेष्ठ ४, २०८१ शुक्रबार

नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ८ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। 

देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

संस्थागत आइसोलेसनमा रहेकामध्ये  १ हजार ६७२ जना आईसीयू र ४४७   जना भेन्टिलेसनमा रहेका छन्। 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]