बैशाख ७, २०८१ शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यास

विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक क्याम्पसको नयाँ भवन शिलान्यास गरेका छन् । भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले क्याम्पस भवन शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शिलान्यास भएको घोषणा गरेपछि भौतिक रुपमा दमकका नगर प्रमुख रोमनाथ ओलीले शिलान्यास गरेका हुन् । सरकारको १० करोड सहयोगमा भवन बन्न लागेको हो । १४ वटा सटर, अण्डर ग्राउण्ड पार्किङ सहितको बृहत क्याम्पस भवन बन्न लागेको छ ।

शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दमक क्याम्पसले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । उनले सुविधा सम्पन्न भवन निर्माण गरेर प्राविधिक शिक्षा सहित गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे । पर्याप्त कक्षा कोठा, पार्किङ सहितको क्याम्पस निर्माणमा सबैको साथ सहयोग आवश्यक रहेको बताएका छन् । दमकलाई शिक्षा हवको रुपमा विकास गर्न सोहि अनुसारको पूर्वाधार निर्माण थालिएको प्रधानमन्त्री ओलीको भनाई छ । उनले क्याम्पस निर्माणमा रंगशाला निर्माणमा जस्तो विवाद नगर्न सूझाव दिएका छन् । निर्माणमा विवाद झिकेकै कारण मदन भण्डारी रंगशालाको काम रोकिएको छ । प्रधानमन्त्री ओलीले अब अर्को ठाउँमा सो रंगशाला निर्माण गर्ने जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  १२ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]