जेष्ठ ४, २०८१ शुक्रबार

विवेकशिलका नेता थापाको सम्पूर्ण उपचार खर्च विएण्डसीका प्रसाईले व्यहोर्ने

विर्तामोड । विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च विएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले व्यहोर्ने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै थापाको उपचारमा लाग्ने आवश्यक खर्च उपलब्ध गराउने प्रसाईले घोषणा गरेका हुन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत थापाको उपचारमा सहयोग गर्ने घोषणा गरेको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । कोभिड संक्रमित थापाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । थापाको उपचारमा समस्या भएपछि रविन्द्र मिश्रले सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गरेका छन् । सोही अपिलका आधारमा प्रसाईले सहयोग गर्ने बताए । रकम प्राप्त गर्न सूचना अधिकारी गिरीलाई सम्पर्क गर्न भनिएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  १० : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]