चैत्र १६, २०८० शुक्रबार

विद्यार्थी खाजा कार्यक्रमको लागि ८ अर्व ७३ करोड विनियोजन

काठमाडौं । सरकारले विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न छात्रछात्रा खाजाको व्यवस्थालाई निरन्तरता दिएको छ । त्यसकालागि सरकारले यस वर्ष ८ अर्ब ७३ करोड रुपियाँ बजेट विनियोजन बजेट गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

त्यस्तै, युवाहरुलाई स्वरोजगार बनाउने नीति सरकारले लिएको छ । यस वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । सोहीअनुसार संस्कृतिको संरक्षणका लागि हरेक प्रदेशमा प्रादेशिक संग्रहालय निर्मार्ण गर्ने नीति सरकारले लिएको छ ।

सोहीअनुसार पशुपति क्षेत्र विकासका लागि सरकारले ३५ करोड रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री पौडेलकाअनुसार चितवनको अयोध्यापुरीसहित देशभरका धार्मिक स्थलको पुर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]