चैत्र १६, २०८० शुक्रबार

झापामा ७२ सय बढी संक्रमितको डिस्चार्ज

विर्तामोड । झापामा आज १५६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा डिस्चार्ज हुनेको संख्या ७ हजार २ सय ४९ जना पुगेको छ ।

यस्तै, आज झापामा थप २७६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २६ पुगेको छ । २७८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । झापामा आज थप ६ जनाको मृत्यू भएको छ । ३ महिला र ३ पुरुषको अस्पतालमै मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा संक्रमण दर अझै घट्न सकेको छैन ।

प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]