बैशाख १५, २०८१ शनिबार

आज ५ हजार २९३ जना संक्रमण मुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआरबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट परीक्षण गर्दा हालसम्म १७ हजार ७१४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, आज ५ हजार २९३ जना संक्रमण मुक्त भएका छन । योसँगै संक्रमित हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेकोको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]