बैशाख १२, २०८१ बुधबार

वडाध्यक्ष पनेरुलाई माफी माग्दै सच्चिन एमालेको आग्रह

विर्तामोड । नेकपा एमालेले मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुलाई सार्वजनिक माफी माग्दै नागरिकप्रति गैरजिम्मेवार कार्यहरु तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

सरकारले उपलब्ध गराएको कोभिड विरुद्धको खोप कार्यक्रममा वडाध्यक्ष पनेरुले आफ्ना चिनजान र आफन्तहरुलाई प्राथमिकता दिएका कारण लक्षित उमेर समूह खोपबाट बञ्चित भएको एमालेको दावी छ ।

मेचीनगर ९ र १० को संयुक्त खोप केन्द्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा पनेरुले मनमर्जी गरेको नेकपा एमाले मेचीनगरको आरोप छ । खोप कार्यक्रम सञ्चालन भइरहँदा स्थानीयले गलत काम नगर्न आग्रह गर्दा वडाध्यक्ष पनेरुले उल्टै गालीगलौजमा उत्रिएको घटनाप्रति एमालेले विरोध जनाएको छ ।

एमालेले विज्ञप्ति जारी गर्दै उनलाई तत्काल सार्वजनिक रुपमा माफी माग्दै गलत किसिमका कामहरु बन्द गर्न चेतावनी दिंदै सो घटनाको छानविन गरि दोषीलाई तत्काल कानुनी कारवाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा नेकपा एमाले मेचीनगर ९ काअध्यक्ष कमलमणि पौडेल, र १० का अध्यक्ष प्रकाश खड्काले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार  ३ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]