डा. बाह्रकोटी मेची अस्पतालको मेसुमा नियुक्त, सेवा थप गर्ने प्रतिवद्धता
विर्तामोड । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.टंक बाह्रकोटीलाई नियुक्त गरेको छ । डा. पिताम्बर ठाकुरले अवकास पाएपछि बाह्रकोटीले सो जिम्मेवारी पाएका हुन् ।
सात वर्षअघि नै ११ औं तहमा (सहसचिव) बढुवा भएका बाह्रकोटी अस्पतालमा प्रमुख बाल रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा.बाह्रकोटी ०६४ देखि ७० र ०७१ देखि हालसम्म मेची अस्पतालमा सेवा गरिरहेका छन् ।

सरकारी स्वास्थ्य सेवामा २२ वर्षदेखी क्रियाशिल डा. बाह्रकोटीले जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । डा.बाह्रकोटीले अस्पतालमा भएका सेवालाई व्यवस्थित गर्ने र नभएका सेवालाई थप गर्दै जाने बताएका छन् । उनले सरकारसँग आवश्यक समन्वय गरेर मेची अस्पताललाई विकास गर्दै लैजाने जानकारी दिए ।