बैशाख २४, २०८२ बुधबार

फेशनमोडल अवार्डमा झापाका पुडासैनी मौफसलको टप फाइब कोरियोग्राफर छनोट

विर्तामोड । झापा मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेश्नलले आयोजना गरेको फेशनमोडल अवार्डमा मौफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् ।


आगामी श्रावण २३ गते काठमाडौमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी छनोट हुन सफल भएका हुन् । उनले बिगत पाँच बर्षदेखि झापामा इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन गर्दै आएका छन् । अवार्ड जित्नका लागि उनले भोटको अपिल गरेका छन् ।

जसका लागि मोवाइल मार्फत PN 33A टाइप गरि 33001 मा पठाउनु पर्ने हुन्छ । सो फेशन एण्ड मोडल अवार्डको नोमिनेशनमा पूर्व मिस नेपालहरु सुगारीका केसी, माल्भिका सुब्बा, मिस्टर मोडल अफदि वल्र्ड दिक्पाल कार्की सहित अन्य चर्चित व्यक्तिहरुको नाम समावेश छ ।


टप फाइबको रियोग्राफरमा पर्दै नोमिनेशनमा पर्ने पुडासैनी झापाका पहिलो कोरियोग्राफर हुन् । उनी प्रबन्ध निर्देशक रहेको कम्पनी ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट समेत मौफसलको टप फाइबइ म्यानेजमेन्ट कम्पनी बन्दै नोमिनेशनमा परेको छ । पुडासैनी सञ्चारकर्मी समेत हुन् । त्यसैगरी इमरजिंग फेशन डिजाइनरका रुपमा झापा बिर्तामोडका बिवेश राई समेत नोमिनेशनमा परेका छन् ।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  १२ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]