बैशाख ७, २०८१ शुक्रबार

गाउँले साथीबाट मेचीनगरमा भीमराजको हत्या

विर्तामोड । साथी–साथी बिचको झगडाको क्रममा एक जनाको मृत्यू भएको छ । झगडाको क्रममा मेचीनगर–५ का ४० बर्षीय भीमराज लिम्बुको मङ्गलबार राति उनकै साथीले हत्या गरेको झापा प्रहरीले जनाएको छ । हत्या आरोपमा उनका गाउँले साथी ५६ वर्षीय शुक्रराज लिम्बु पक्राउ परेका छन् ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शब मङ्गलवार राति नै स्थानीयले देखेका थिए ।

घटनाको खबर पाएपछि प्रहरी राति नै घटनास्थल पुगेको थियो । प्रहरीले हत्या आरोपमा शुक्रराजलाई हिजै पक्राउ गरेको थियो । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको अभियुक्त शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् । शबलाई पोस्टमार्टम जाँचका लागि मेची अस्पताल लगिएको छ ।

यसअघि सोहि प्रकारको घटना झिलझिलेमा भएको थियो । मिल्ने साथीहरु बिचको आर्थिक लेनदेन विवादले साथीकै हत्या गरिएको थियो ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]