बैशाख २९, २०८१ शनिबार

आजदेखि सबै मालपोत कार्यालय खुल्ने

काठमाडौं– आजदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने भएका छन् ।

कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द कार्यालयहरु आजदेखि सेवा प्रवाह हुने गरि खुल्ने भएका हुन । यद्यपि, निषेधाज्ञाका बिचमै पनि सेवाग्राहीको लागि कार्यालय बन्द रहे पनि आन्तरिक प्रशासनिक प्रयोजनको लागि भने कार्यालयहरु खुल्लै थियो ।

आजदेखि आम नागरिकले अधिकांश मालपोत कार्यालयबाट सेवा पाउने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले बताउनुभयो ।

मालपोत कार्यालय खुलेपछि सेवाग्राहीले सबै प्रकारका सेवा लिन सक्नेछन् । भिडभाडका कारण हुने कोरोना जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह अनुसार आलोपालो सिस्टम गरी सेवा प्रवाह हुने महानिर्देशक पौडेल जानकारी दिनुभयो । कार्यालयले सीमित कर्मचारी राखेर सेवा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : असार ८, २०७८ मंगलबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]