बैशाख १४, २०८१ शुक्रबार

स्वास्थ्य वीमा बोर्डको सेवा प्रदायक सूचीबाट हटाइयो दमकको एड्भान्स हस्पिटल

विर्तामोड । स्वास्थ्य वीमा बोर्डले दमकको एड्भान्स हस्पिटललाई सेवा प्रदायक सूचिबाट हटाएको छ । वोर्डको असार २१ गते सम्पन्न वैठकले सेवा प्रदायक सूचीबाट हटाउने निर्णय गरेको हो ।

बुधबार वोडले एक सूचना जारी गर्दै सो हस्पिटलबाट वीमा सेवा उपलब्ध नहुने जनाएको छ ।
एड्भान्स हस्पिटल र वीमा बोर्डबीच ०७५ असोज २ गते सम्झौता भई स्वास्थ्य वीमाको उपचार सेवा थालिएको थियो । बोर्डबाट जारी गरिएका नीति नियम पालना गर्ने सर्त बमोजिम सम्झौता गरेर सेवा थालिएको वीमा बोर्डले जनाएको छ ।

पछिल्लो समय हस्पिटलले वीमितको उपचार र दावी कार्य स्वास्थ्य वीमा ऐन विपरित गर्दै आएको बताउँदै बोर्डले सेवा प्रदायक सूचिबाट एड्भान्सलाई हटाएको जनाएको छ ।

झापामा स्वास्थ्य बिमा गरेका नागरिकले मेची अञ्चल अस्पताल, बिएण्डसी अस्पताल बिर्तामोड, आम्दा दमक, मेची आँखा अस्पताल बिर्तामोड, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शनिश्चरे , बनियाँनी, सुरुङा, शिवगञ्ज, खजुरगाँछी स्वास्थ्य केन्द्र, लाइफलाइन अस्पताल दमक, दमक अस्पताल, कनकाई अस्पताल बिर्तामोड, दृष्टि आँखा अस्पताल बिर्तामोड, ओम मेची अस्पताल, बिर्तामोड आँखा अस्पताल , निम्स अस्पताल दमक , मेची नेत्रालय काँकरभिट्टा, दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा सेवा पाउँदै आएका छन् ।

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार  १२ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]