बैशाख २४, २०८१ सोमबार

३९ ग्राम ब्राउनसुगरसहित युवक पक्राउ

विर्तामोट । लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलीले ३९ ग्राम ब्राउनसुगर सहित एक युवालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मेचीनगर –५ पिपल चोकबाट २९ वर्षीय राम बहादुर निरौलालाई नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ । प्रहरीले निरौलालाई शंकाको आधारमा चेकजाँच गरेको थियो । निरौलालाई आज दिउँसो साढे २ बजे ब्राउन सुगर र तराजुसहित नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका निरौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । थप अनुसन्धानका लागि शुक्रवार म्याद थपिनेछ ।

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]