जेष्ठ ३, २०८१ बिहीबार

विर्तामोडले बाल विकासदेखी कक्षा ५ सम्मका विधार्थीलाई निशुल्क पोशाक दिने

विर्तामोड । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । यसअघिका कार्यक्रममा पूर्वाधार विकाससँगै शिक्षालाई प्राथमिकतमा राख्दै आएको नगरपालिकाले यो वर्षको कार्यक्रममा शिक्षालाई प्राथमिकता दिएको हो ।

‘बालमैत्री , पूर्ण सरसफाई एवम् प्रविधिमैत्री सिकाईको सिर्जना, आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना’ नारामा शिक्षाका कार्यक्रम समेटिएका छन् । नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा समेट्दै सामुदायिक विधालयमा अध्ययनरत बालविकासदेखी कक्षा ५ सम्मका विधार्थीलाई पोशाकको व्यवस्था गरिने भएको छ । नगरपालिकाले पोशाकको कार्यक्रम राखेर सामुदायिक विधालयका विधार्थीलाई हौसला प्रदान गरेको छ । गरिव तथा विपन्न नागरिकका छोराछोरी अध्ययन गर्ने सामुदायिक विधालयमा निशुल्क पोशाक उपलब्ध गराउने कार्यक्रम प्रशंसनीय भएको प्रदेश सांसद् एकराज कार्कीले बताएका छन् । उनले सामुदायिक विधालयका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए ।

नगरले आधारभुत शिक्षा अनिवार्य तथा सर्वसुलभ बनाउने, विधालय अनुगमन तथा शिक्षा योजना निर्माण कार्यक्रम प्रारम्भ गर्ने, बाल शिक्षकको क्षमता विकास गर्दै लैजाने, शिक्षकलाई सीप विकासमा सहयोग गर्दै प्रविधिमा दक्ष बनाइने, आचरण तथा सचेतना शिक्षालाई कक्षा ८ सम्म लागु गर्ने, संघसंस्थाहरुको समन्वयमा सवारी साधन व्यवस्थापन गर्दै जाने, सबै विधालयमा स्वच्छ पानी र सफा शौचाल र खाजा घर निर्माणलाई निरन्तरता दिने, शैक्षिक संस्थामा भौतिक पूर्वाधार पूर्ण अपांगता मैत्री र प्रविधियुक्त बनाइने, सीपमुलक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने, छात्राहरुलाई निशुलक स्यानिटरी प्याड उपलब्ध गराउँदै छात्राहरुको भर्ना तथा निरन्तरता दरमा वृद्धि गराउने , कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको कार्यक्रमलाई निरन्तरता दिने, वैकल्पिक सिकाई व्यवस्थापनका लागि आवश्यक समन्वय गर्ने र नगर क्षेत्रलाई शिक्षाको हव को रुपमा विकास गर्न सामुदायिक क्याम्पसहरुको गुणस्तर सुधार गर्दै संभाव्यताका आधारमा स्नातकोत्तर तहको पठनपाठन र सञ्चालन हुने व्यवस्था मिलाउने लगायतका कार्यक्रम समेटेको छ ।

नगरको कार्यक्रमले शिक्षा क्षेत्रको गुणस्तर सुधारमा थप टेवा पुग्ने शिक्षा शाखाका उपसचिव तिलचन भणडरीले जानकारी दिए । उनका अनुसार नगरका अधिकांश विधालयहरुको भौतिक पूर्वाधार निर्माण भएका छन् । कतिपय विधालयका संरचना निर्माणको चरणमा समेत छन् । आगामी आर्थिक वर्षका लागि नगरले तय गरेको कार्यक्रम कार्यान्वयनमा सबैले लाग्ने हो भने शिक्षामा राम्रो नतिजा निकाल्न सकिने भण्डारीको भनाई छ ।

प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]