जेष्ठ ३, २०८१ बिहीबार

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

काठमाडौं । कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने जनाएको छ ।

परीक्षा फारम छुटेकाले असार १५ गतेभित्र भरिसक्नुपर्ने

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम छुटेका विद्यार्थीलाई असार १५ सम्म फारम भर्ने समय दिएको छ ।

परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्न/भराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्‍याइ परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।

साथै प्राइभेट (आंशिक) परीक्षार्थीहरुले पनि सोही मितिभित्र अनलाइनबाट परीक्षा फारम भर्न सूचित गरेको छ ।

प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार  ४ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]