बैशाख २४, २०८१ सोमबार

भट्टराई प्रतिष्ठानद्वारा शिवालय मन्दिर निर्माण

विर्तामोड । भट्टराई कुल वंश प्रतिष्ठान दुवागढी धाइजन शाखा ले करिव १५ लाखको लागतमा कुलेश्वर शिव पाञ्चायन मन्दिर निर्माण गरेको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित निर्माण सम्पन्न भएको उक्त मन्दिर परिसरमा यज्ञ कुण्ड कूल दीप मन्दिर र शिवजीको मन्दिर स्थापना गरिएको हो। दुधा शाखा अन्तर्गतका भट्टराई बन्धुहरु द्वारा आर्थिक सहयोग गरी उक्त मन्दिर निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष रुद्र भट्टराईले जानकारी दिए। उक्त मन्दिर निर्माण गर्न स्थानीय समाजसेवीहरु श्रीकृष्ण भट्टराई गोपाल भट्टराई र टीका भट्टराईले अढाई कठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए। उक्त परिसरमा सामुदायिक भवन समेत निर्माण गर्ने लक्ष्य लिएको झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईले जानकारी दिए ।

नवनिर्मित मन्दिरको शुक्रबार विशेष धार्मिक कार्यक्रमको आयोजना गरी प्राणप्तिष्ठा गरी स्थापना गरिएको छ। मन्दिर गजुर घण्टहरु र अन्य सामग्रीहरु विभिन्न बन्धुबान्धव बाट प्रदान गरिएको छ। प्रतिष्ठानले आगमी असार १५ गते बिधिवत रुपमा कूलपुजाको आयोजन समेत गरेको छ।

प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]