असार २२, २०८२ आईतबार

कमलको नीति कार्यक्रम : जनताको मन जित्ने यस्ता छन् केहि बुँदा

विर्तामोड । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रममा जनमुखी कार्यक्रम समेटिएको छ । गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमको चौतर्फी प्रशंसा समेत भइरहेको पाइएको छ ।

गाउँपालिकाले बजेट , नीति तथा कार्यक्रम पारित गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष मेनका काफ्लेले केहिदिनमै कार्यक्रमको किताव सार्वजनिक गरिने जानकारी दिइन् । उनका अनुसार सो कायृक्रम पालिकाको वेभसाइडमा समेत राखिनेछ ।
अध्यक्ष काफ्लेले नीति कार्यक्रममा भएका दर्जनौं राम्रा काममध्ये धेरै राम्रा र सबै नागरिकले प्रशंसा गरेको कायृक्रम सार्वजनिक गरेकी छन् । सुख्खा यामको ४ महिनाको कृषकहरुको बिजुली बिलको ५० प्रतिशत गाउँपालिकाले तिरिदिने, एक घर एक पशु वीमा कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने, गाउँपालिका भित्रका ८ सय ४५ विपन्न परिवारको स्वास्थ वीमा गाउँपालिकाले गरिदिने, गाउँपालिकाका विभिन्न विद्यालयमा पढाई हुँदै आएको प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कार्यक्रममा उल्लेख छ ।

यस्तै, गाउँपालिका भित्रका विपन्न सतार मुसहर, झाँगड र मिस्त्रि जातिका १५ उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क १८ महिने प्राविधिक विषय पढाउने, कोभिड संक्रमित व्यक्तिलाई बाहिरको अस्पताल लानु परे निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने, मृत्यु भए परिवारलाई सदगत खर्च २० हजार उपलब्ध गराउने, विपन्न परिवार र बस्तीमा निशुल्क धारा जडान गरिदिने, विपन्न महिलाहरूलाई जिवनयापनको लागि निःशुल्क ३५ ठेला भेन उपलब्ध गराउने, अविभावक विहीन बालबालिकाहरुको अभिभावकत्व गापाले लिने, गाउँपालिकामा निशुल्क माटो परीक्षण गने, व्यवसाय प्रवर्द्धन कोषलाई निरन्तरता दिने अध्यक्ष काफ्लेको भनाई छ । गत साल कोषबाट २१ उद्यमी कृषकले १९ लाख लिएका थिए । कमल -३ केरखाको बाटो वर्षौ देखि बजेट अभाव देखाएर माथिल्लो निकायले आलटाल गरेकाले केही महिना भित्र गाउँपालिकाले आफ्नै बजेटमा निर्माण सम्पन्न गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : असार १२, २०७८ शनिबार  १ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]