बैशाख २८, २०८१ शुक्रबार

बन्द सोमवार कि शनिवार ? : विर्तामोडका व्यापारी अलमलमा

विर्तामोड । दुई दशकपछि सोमवार बन्द हुँदै आएको बिर्तामोड बजार त्यसअघि साप्ताहिक रुपमा आइतवार बन्द हुँदै आएको थियो । अब, शनिवार बन्द गर्ने व्यापारीलाई वस्तुगत संघको परिपत्र छ ।


विर्तामोड उधोग वाणिज्य संघको तत्कालिन अध्यक्ष बेद प्रकाश अग्रवालको पालादेखि सोमवार बन्द हुँदै आएको विर्तामोडमा अहिले साप्ताहिक रुपमा सोमवार बन्द हुँदै आएको छ । व्यवसायीहरुको बस्तुगत संघ संगठनले गत साता पत्रकार सम्मेलन गर्दै शनिवार विर्तामोडको बजार बन्द गर्न उपयुक्त हुने निर्णय गर्दै बजारमा सर्कुलर गरे ।

उनीहरुले हरेक व्यवसायीको विचमा शनिवार बन्द गर्नुपर्ने बारेमा विज्ञप्ति नै वितरण समेत गरे । झापाको व्यापारिक केन्द्र विर्तामोडमा यतिवेला सोमवार वा शनिवार कहिले बन्द गर्ने भन्ने विषयमा व्यवसायी अलमलमा परेका छन् ।

व्यवसायी समेत दुईधारमा उभिदाँ विर्तामोड बजारलाई प्रत्यक्ष असर गर्ने धेरैको भनाई छ । उठ्दै गरेको बिर्तामोडमा व्यवसायी संघ संस्थाविच साप्ताहिक बजार बन्दको मुद्दाले समस्या उब्जाइरहेको जानकार बताउँछन् ।


बिर्तामोडस्थित गोर्खा टेलरिङका सञ्चालक वीरु दर्नालले आफ्नो व्यवसाय शनिवार बन्द गरेका छन् । उनले शनिवार नै उपयुक्त लागेर बन्द गरेको जानकारी दिए । दर्नालका अनुसार शनिवार व्यवसाय कम हुने गर्छ । देशभर सरकारी विदा समेत शनिवार भएकाले शनिवार नै ठिक हुने उनको तर्क छ । व्यवसायी विचमा बुझाबुझ नहुँदा अलमल भएको दर्नालको भनाई छ ।

शनिवार ठुलो कारोवार गर्ने सबै व्यवसाय बन्द हुने भएकाले त्यसको असर सबैमा पर्ने हुनाले सोमवार भन्दा अब शनिवार नै बन्द गर्न आग्रह समेत गरेका छन् ।


नेपाल उधोग वाणिज्य महासंघका केन्दीय सदस्य उमेश डालमियाले बजार बन्दको सन्दर्भमा फरक धारणा दिएका छन् । उनले व्यवसाय बन्द गर्नैपर्ने बाध्यकारी नीति नभएको बताए । शनिवार वा सोमवार विवादको विषय बनाउन नहुने भन्दै साप्ताहिक रुपमा बन्द गर्ने नै भए राष्ट्रिय विदा मान्नुपर्ने डालमियाको भनाई छ ।

उनले भने–शनिवार बाहेकका दिन बन्द हुने विराटनगर, इटहरी र धरान समेत शनिवार बन्द हुन थालिसक्यो, यहाँ शनिवार बन्द गर्दा व्यापार घट्छ भन्नु भ्रम हो । संसारभर राष्ट्रिय विदालाई मान्ने गरिन्छ, यहाँ पनि व्यापारीले अस्वीकार गर्न नहुने डालमियाले भनेका छन् ।

उनले शनिवार र सोमवारको बन्दले व्यवसायीलाई केहिदिन अलमल्याए पनि विस्तारै शनिवार नै कार्यान्वयन हुँदै जाने तर्क गरेका छन् । सकेसम्म अबेरसम्म बजार खोल्नुपर्ने उनको भनाई छ ।
यस्तै विर्तामोड उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले सोमवार नै आफ्नो व्यवसाय बन्द गर्ने जानकारी दिए ।

उनले वाणिज्य संघको आधिकारिक निर्णय नभएकाले विगतमा झै सोमवार नै बन्द गर्ने बताएका छन् । कार्कीले भने– अहिलेलाई सोमबार नै मान्नुपर्ने हुन्छ, संघको अन्य कुनै निर्णय नभएसम्म ।

वाणिज्य महासंघका प्रदेश सदस्य समेत रहेका कार्कीले बन्दको मामिलाले व्यवसायी विचमा समस्या ल्याउन नहुने बताए । उनले व्यवसायीको विचमा एकता कायम गर्न आवश्यक रहेको सूझाव दिएका छन् ।

प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]