बैशाख २९, २०८१ शनिबार

केचनाबाट हरिण मार्ने दुईजना पक्राउ

बिर्तामोड-प्रहरी चौकी पथरियाले हरिणको छालासहित आज दुई जनालाई पक्राउ गरेको छ । कचनकवल गाउँपालिका-३ का लुखिराम हस्दा र सुमन टुडु पक्राउ परेका हुन् ।

हरिणको छालासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले दुई जनालाई पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको बताउनुभयो ।

नजिकैको सामुदायिक वनमा हरिण मारेर खाएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । हरिण मार्ने काममा अरु ६ जना पनि संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ ।

प्रकाशित मिति : असार २२, २०७८ मंगलबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]