बैशाख २७, २०८२ शनिबार

इटाली यूरो कपको फाइनलमा

बिर्तामोड । इटाली यूरो कप फुटबल २०२० को फाइनलमा पुगेको छ । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल इतिहासमा पहिलो पटक सेमीफाइनलमा हार बेहोरेको छ । इटालीले भने लगातार १३ औं खेल जित्यो ।

इंग्ल्याण्डको वेम्ब्ली रङशालामा अतिरिक्त समयको खेल १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । पेनाल्टी शूट आउटमा इटालीले स्पेनलाई ४–२ ले पछि पार्यो । अल्भारो मोराटोको प्रहार बचाउँदा जोर्गिन्होले गोल गर्दै इटालीलाई फाइनलमा पुर्याउनुभयो । फाइनलमा इटालीले आइतबार इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको सुरुवातमै इटालीले फेड्रिको चिसाको गोलबाट १–० को अग्रता बनायो । इटाली ३३ खेलमा अपराजित रहँदा चिसाले निर्धारित समयमै इटालीलाई फाइनलमा पुर्याएको मनाउँदै गर्दा स्पेनले ८० औं मिनेटमा गोल फर्कायो । खेल सकिन दश मिनेट बाँकी छँदा स्पेनका लागि अल्भारो मोराटाले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो ।

इटालीले यसअघि सन् २००० र २०१२ को फाइनलमा हार बेहोरेको इटाली यूरो कपको जारी संस्करणमा उत्कृष्ट लयमा देखिएको छ । इटाली दशौं पटक प्रमुख प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको हो । यूरो कपको फाइनलमा पुगेको भने यो चौथो अबसर हो ।

प्रकाशित मिति : असार २३, २०७८ बुधबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]