बैशाख १२, २०८१ बुधबार

साढे ७ लाखसहित दमकमा तास खेलिरहेका ११ जना नियन्त्रणमा

बिर्तामोड । दमक प्रहरीले मंगलवार साँझ ७ लाख बढी नगद सहित तास खेरिहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ ।

दमक –८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोली उक्त स्थानमा खानतलासी गर्दा खालमा थापेको नगद रु ७ लाख ४५ हजार ५०० सय नगद् सहित ११ जनालाई नियन्त्रणमा लिइएको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए । ६ बुक तास सहित फेला परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थापाले जानकारी दिए ।

प्रहरीले तास खालबाट दमक १ बस्ने बर्ष ५४ को नरेन्द्र थापा, बर्ष २३ को नरेन्द्र लिम्बु, २ बस्ने बर्ष ४३ को हर्क धिमाल, ईलाम चुलाचुली ६ बस्ने बर्ष ३७ को हर्क लिम्बु, दमक ६ बस्ने बर्ष ३१ को चन्द्र लिम्बु, ७ बस्ने बर्ष ४० को कृष्ण खतिवडा, ९ बस्ने बर्ष ३७ को सुरेन्द्र श्रेष्ठ, ८ बस्ने बर्ष ४४ को पुर्ण प्रकाश रिजाल, बर्ष २८ को सुसन रिजाल, ७ बस्ने बर्ष ३८ को कुलराज खड्का र घरधनी बर्ष २९ को थिर राज खतिवडालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : असार २३, २०७८ बुधबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]