चैत्र १६, २०८० शुक्रबार

झापाका चर्चित उद्योगपति पशुराम अग्रवालको निधन

झापा । झापा जिल्लाका चर्चित उद्योगपति तथा समाजसेवी पशुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका-५ निवासी उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलगुढीस्थित महाराजा नर्सिङ होममा बुधवार राती ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई त्यहाँबाट भद्रपुर ल्याउँदैछ । 

स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा कोरोनाको पीसीआर परीक्षण गराएका थिए । जेठ ३१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुढी लगिएको थियो । महाराजा नर्सिङ होममा उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो ।  फेरि तीन दिनअघि पुनः उनको स्वास्थ्य अवस्था जटिल बन्यो ।

बुधवार दिउँसो थप स्वास्थ्य जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटर राखेको केही घण्टामै उनको मृत्यु भएको आधिकारिक जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए । विसं. २०१६ सालमा जन्मिएका अग्रवाल बाल्यकाल देखि नै भद्रपुरमै बसेर व्यापार- व्यवसायमा संलग्न भए । भद्रपुरमा माविमा अध्ययनरत रहेका बेला उनी भद्रपुरको बजारमा हटियाका दिन फुतफातमा कपडा बच्थे । उनका बुबाले कन्या राइस मिल चलाउँथे । पछि विस्तारै उनले घरमै घडी बडीको उद्योग स्थापना गरे । त्यहाँबाट उद्योग क्षेत्रमा प्रवेश गरेका उनको अहिले जिल्लामा ठुलठुला उद्योग धन्दा सञ्चालनमा छ । उनी झापा उद्योग वाणिज्य सङ्घमा दुई कार्यकाल अध्यक्ष भए ।

मोहपाल धर्मशालामा समाजसेवा टस्ट, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिरमा बनाउने उनले ठुलो सहयोगसँगै भूमिका खेलेका थिए । उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगायतको कारोबार रहेको छ । उनी झापाकै मात्र नभई नेपालकै एक प्रतिष्ठित उद्योगीको रुपमा आफूलाई चिनाउन सफल भएका थिए ।

प्रकाशित मिति : असार २४, २०७८ बिहीबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]