जेष्ठ ६, २०८१ आईतबार

दाउफिन्स पराजीत

मेचीनगर गोल्डकप

काँकडभिटा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४–२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा आयोजक काँकडभिट्टाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विक विकले गोल गरेका थिए । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्स खेलबाट बाहिर गएको छ ।
खेलको छैटौं मिनेटमा दाउफिन्सका ओगेन जुनियरले गोल गरेका थिए । मेसुकेको कढा प्रहार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका गोलकिपर किशोर गिरीले पञ्च गरेर फर्काएपछि पाएको अवसरलाई जुनियरले गोलमा परिणत गरेका थिए । २० औं मिनेटमा जुनियरले नै गोल गर्दै अगैता दोब्बर बनाए ।
मैदानको मध्यभागमा अनमार्क रहेका जुनियरले एकल प्रयासबाट गरेको प्रहार आयोजकका गोलकिपर गिरीले जोगाउन सकेनन् । दुई शुन्यले पछाडि परेको आयोजकका नगेन तामाङले खेलको २१ औ मिनेटमा गोल फर्काएका थिए । डि एरियामा दाउफिन्सका खेलाडी बीट भइसकेको अवस्थामा अनमार्क रहेका तामाङले गरेको प्रहारले पोष्टको जाली चुमेको थियो ।
पहिलो हाफको इन्ज्युरी समयमा तामाङले गरेको अर्काे गोलले दाउफिन्ससँग बराबरी गर्ने अवसर पाएको थियो । दाउफिन्सका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई तामाङले पोष्टको दिशा दिएका थिए । पहिलो हाफमा दुई, दुईको बराबरी गरेको दुबै टीमले दोस्रो हाफमा आक्रामक खेल खेलेका थिए ।
खेलको म्यान अफ द म्याच आयोजकका तर्फबाट दुइ गोल गर्ने नगेन तामाङ भए । उनले नगद ११ हजार रुपैंयाँ पाए । शुक्रबारको खेल धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]