बैशाख १२, २०८१ बुधबार

मेची अस्पतालद्वारा प्रसाईको मृत्यू भएको घोषणा

बिर्तामोड । झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ ।

विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

उनको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।

प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार  १२ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]