बैशाख ७, २०८१ शुक्रबार

तीन दशकको छेउमा अर्जेन्टिनालाई उपाधि

एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरे । यता, बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन् ।

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले सन्यास घोषणा गरेका थिए । तर, उनी सन्यास फिर्ता लिदै राष्ट्रिय टिममा फर्किएका थिए ।

अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।

यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३(२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : असार २७, २०७८ आईतबार  १० : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]