जेष्ठ ६, २०८१ आईतबार

जुमभित्र गैरविधार्थी प्रवेश गर्दा प्राध्यापकहरु हैरान

बिर्तामोड । कोरोना महामारी र निषेधाज्ञाका कारण वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेको छ । भौतिक रुपमा विधार्थी उपस्थित गराएर पठन पाठन गर्न सक्ने परिस्थिती समेत नभएपछि शैक्षिक संस्थाहरु वैकल्पिक सिकाईलाई अपनाइरहेका छन् ।

विशेष गरि निजी विधालय र क्याम्पस तहमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेको छ । सामुदायिक विधालयमा वैकल्पिक सिकाईको पहुँचमा धेरै विधार्थी छैनन् । अधिकांश शैक्षिक संस्थाहरु जुमको प्रयोग गर्दै आएका छन् । जुम र गुगल मिटको माध्यमबाट पठनपाठन गरिरहेका शिक्षक र प्राध्यापक गैरविथार्थीको प्रवेशका कारण हैरानी खेपिरहेको बताउँछन् ।

झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसका प्राध्यापक रोहित बरालका अनुसार क्याम्पसमा जुमको प्रयोगबाट पठनपाठन भइरहेको छ । उनले गैर विधार्थीका कारण पठनपाठनमा धेरै समस्या आइपरेको जानकारी दिए । जुममा पठनपाठन शुरु भएपछि विभिन्न व्यक्तिहरु प्रवेश गर्ने र अश्लिल रुपमा प्रस्तुत हुने गरेको जानकारी दिए । उनका अनुसार अनाधिकृत रुपमा प्रवेश गर्नेहरुले प्राध्यापक र विधार्थीको चरित्र हत्या गर्ने गरेका छन् । बराल भन्छन्, प्राध्यापक वा विधार्थी जो कोहिलाई मनपरी भन्ने, अश्लिल शब्दको प्रयोग गर्नाले पठनपाठनमा समस्या भइरहेको छ ।

क्याम्पसले स्नातक तहका विधार्थीलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाई प्रदान गर्दै आएको छ । त्यसरी प्रवेश गर्नेहरुले विधार्थीलाई समेत मनपरी भनिदिने गरेको प्राध्यापक बरालको भनाई छ । ‘ यस्तो शब्दहरु लेखिन्छन्, भन्नै सकिदैन ’ बरालले भने – प्रवेश गर्दा एउटा नाममा प्रवेश गर्ने, एकछिनमा रिनेम गरेर बद्नाम गर्ने काम भइरहेको छ । उनले यसबारे प्रहरीलाई समेत जानकारी गराएका छन् ।

यो त्रिदेवमा मात्र होइन, धेरै शैक्षिक संस्थाले भोगिरहेका छन् । विर्तामोडस्थित देवी क्याम्पसमा पनि यस्तै समस्या देखा परेको थियो । समस्या देखिना साथ क्याम्पसले जुम प्रयोग नै बन्द गरिदियो । अहिले नयाँ एप्लिेकेशनको प्रयोग गरिरहेको प्रशासन प्रमुख बद्री भट्टराईले जानकारी दिए ।

अन्य धेरै शैक्षिक संस्थामा यस प्रकारका समस्या झेलिएका छन् । तर, कतिपयले यो कुरालाई बाहिर ल्याउन चाहेका छैनन् । विधालयप्रति नकारात्मक टिप्पणी हुने डरले यो समस्या बारिह ल्याइएको छैन ।

त्रिदेवका प्राध्यापक बरालले यो नकारात्मक विषयलाईमा नियन्त्रण गरिनुपर्ने बताए । सबैलाई सचेत गराएमा नियन्त्रण हुने उनको विश्वास छ । त्रिदेवमा कार्यरत एक महिला प्राध्यापकले जुमभित्रको अश्लिलताका कारण केहि समय पठनपाठन नै रोकेकी थिइन् ।

प्रकाशित मिति : श्रावण २, २०७८ शनिबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]