बैशाख ७, २०८१ शुक्रबार

झापाको शिवगञ्जमा भव्य कृषिथोक बजार निर्माण हुँदै

बिर्तामोड । झापाको शिवसताक्षी– ६ शिवगञ्जमा भव्य कृषिथोक बजार बन्ने भएको छ । १५ करोड ७४ लाख भन्दा बढि लागतमा शिवगञ्ज चोक पूर्वमा कृषिथोक निर्माणका लागि डीपीआर तयार गरिएको शिवसताक्षी नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चन्द्र चौधरीले जानकारी दिए ।

१ विगा १० कठ्ठामा निर्माण गरिने कृषिथोक आगामी वर्षभित्र खुद्रा बजार तयार गरिसक्ने योजना छ । सो बजारमा होलसेल बजार, खुद्रा बजारसहित किसानका लागि व्यापारिक स्टलहरु बनाइने छन् । व्यवस्थित पार्किङसहित बनाइने कृषिथोकमा विउ विजन समेत उपलब्ध गराउने व्यवस्था मिलाइने छ । अक्सनसहितको सो कृषिथोकमा किसान र व्यवसायीको सहजताका लागि आवश्यक हुने सबै प्रकारका संरचना बनाइने छ ।

झापाको दक्षिण क्षेत्रका किसानलाई लक्षित गरि निर्माण गर्न लागि कृषिथोक बजार बहुवर्षे योजना हो । कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि शिवगञ्जमा कृषिथोक निर्माण लागेको नगर प्रमुख चन्द्र शेर्माले जानकारी दिए । उनका अनुसार किसानलाई सो बजार स्थापना भएपछि ठुलो राहत मिल्ने छ । अहिले किसानले उत्पादन गरेका कृषि वस्तुले बजार नपाइरहेको भन्दै कृषिथोक निर्माण पछि उचित मुल्य समेत पाउने नगर प्रमुख शेर्माको भनाई छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र काठमाडौंले आ.व ०७७-७८ मा ३५ विनियोजन गरि डीपीआर गरिसकेको छ । ठेक्काबाट २० मा मल्टि पारागन प्रिज्मा जेभीले काम पाएको छ । नयाँ आर्थिक वर्षमा थप १ करोड ५० लाख विनियोजन गरेर डीपीआर अनुसारको काम गर्ने तयारी भएको चौधरीको भनाई छ ।
कृषिथोकभित्र कोल्ड स्टोर, ग्रेडिङ र प्याकेजिङ ब्लक, माछा र मासुको स्टल समेत निर्माण गरिनेछ । चौधरीका अनुसार डीपीआर अनुसारको काम सम्पन्न गर्न जम्मा १५ करोड ७४ लाख ३४ हजार ६ सय ७२ रुपैयाँ लाग्नेछ ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]