जेष्ठ २, २०८१ बुधबार

अब विपद्का सबै सूचना एकै ठाउँबाट

विर्तामोड । तपाईँले कुनै पनि बेला हुने विपद्का घटनाको जानकारी पाउन सकस झेल्दै आउनुभएको छ ? अथवा भएका घटनामा जानकारी पाउन सक्नु भएको छैन ? या वर्तमानमा कहाँ के भइरहेको छ भनेर जानकारी लिन मुस्किल परिरहेको पो छ की !

त्यतिमात्रै होइन, भएका घटनाबारे अहिले के भैरहेको छ, राहत पाएको छ कि छैन, कुन निकायले राहत उपलब्ध गराउँदै छ, कुनै ठाउँमा राहत दोहोरिएको पो छ की ! यस्तैयस्तै समस्या छन् भने अब त्यसबाट तपाईँ मुक्त हुँदै हुनुहुन्छ । यसका लागि तपाइँले एउटै वेब साइट खोले पुग्छ ।

गृह मन्त्रालयले अहिले परीक्षण गरिरहेको ‘एकीकृत सूचना प्रणाली’ अन्तर्गतको धधध.दष्उबम.नयख.लउ लग इन गरे पुग्छ । यसबाट सूचना मात्रै आउने नभई आधिकारिक निकायबाट प्रतिकार्यमा तत्कालै जुट्नसमेत मद्दत गर्नेछ ।

विपद्का सूचनाहरू एकै ठाउँबाट सबैले जानकारी पाउन सकुन्, हरेक घटनाको व्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी काम प्रभावकारी होस् भन्ने उद्देश्यले उक्त सूचना प्रणालीको विकास गरिएको हो, यसबाट अहिले तीन तहको सरकारबीच समन्वयमा समेत सहयोग पुग्नेछ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भन्नुभयो । उहाँका अनुसार स्रोत, साधन, जनशक्ति, समय र बुद्धीको दुरूपयोग नहोस् भन्ने उद्देश्यले एकीकृत सूचना प्रणालीको हो ।

गएको असार अन्तिम साताको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भयो । यसको विवरण प्राप्त गर्न सञ्चारकर्मीलाई होस् या विपद् व्यवस्थापनमा लागेका सरकारी अधिकारीलाई धौधौ पर्‍यो । कतिपय सरकारी कार्यालयका विवरणसमेत फरक फरक आए ।

अहिलेसम्म पनि क्षतिको यकिन विवरण आउन सकेको छैन । यसरी फरकफरक विवरण नआओस् र समयमै यकिन विवरण आओस् भन्ने उद्देश्यले गृह मन्त्रालयले उक्त वेब साइट सञ्चालनमा ल्याएको हो ।

एकीकृत सूचना प्रणाली अहिले परीक्षण कै क्रममा छ । नेपाल प्रहरी र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले विवरण हालेर प्रयोग गरिरहेको छ ।

छिटै प्रदेश, स्थानीय तह, जिल्ला र विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थालाई समेत युजर आईडी र पासवर्ड उपलब्ध गराएर हरेक क्षेत्रका घटना र भएका उपलब्धिहरू उनीहरूले नै अपलोड गर्न सक्ने गरी वेबसाइटको विकास गरिएको छ ।

घटनाहरूको विवरण तत्कालै स्थानीय क्षेत्रबाटै हाल्न सक्ने र राहत वितरण भए नभएको समेत जानकारी दिन सकिन्छ । कहाँ कति सामान छ, के के आवश्यक छ भनेर वेबबाटै जानकारी दिन र लिन सकिने गरी उक्त सूचना प्रणालीलाई व्यवस्थापन गरिएको छ, जसले विपद् व्यवस्थापनसँगै क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ, खनालले थप्नुभयो । उहाँले सबै निकायसँगको समन्वय गर्ने कडी नै वेब हुने बताउनुभयो ।

यसको सञ्चालनका लागि निर्देशक समितिको नेतृत्व गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेले गर्नुभएको छ भने प्राविधिक समितिको नेतृत्व केन्द्रका प्रमुख खनालले गर्नुभएको छ ।

अब आउने ठूलो विपद्मा साइटको प्रयोग गर्ने योजना रहेको र छिटै प्रदेश र स्थानीय तहमा छलफल चलाउने गृह मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले समेत यसलाई पारित गरी अहिले कार्यान्वयनको चरणमा पुगेको हो ।

यसपालीको विपद्मा प्रचारप्रसार नभएको र स्थानीय तहसम्म नपुगेकाले प्रयोग गर्न भने नसकिएको जनाइएको छ ।

मंगलबार अपराह्नको विवरणअनुसार गएको एक महिनामा नेपालमा ५०६ वटा विपद्का घटना भएका छन् । जसमा १०० जनाको ज्यान गएको छ । पहिरोका १७७, बाढीका ११६, आगलागीका १०६, चट्याङका ४१ वटा घटना भएको अभिलेख छ ।

यही अभिलेखमा सन् २०११ देखि अहिलेसम्म १८ हजार ४२० घटनामा १० हजार ६३० जनाको ज्यान गएको खतिवडाले साइटको विवरणबारे बताउनुभयो ।

प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]