बैशाख १२, २०८१ बुधबार

गौरादहमा श्रीमतिको हत्या गरि फरार पक्राउ

बिर्तामोड । झापाको गौरादहमा श्रीमतिको हत्या गरि फरार भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ । आज विहान उनलाई मोरङको रंगेली–९ सखुवाथानबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । रंगेली स्थायी घर भएका रिख्यासन गौरादह १ शितल चोकमा बस्दै आएका थिए ।

झापा प्रहरीका अनुसार उनले ३४ वर्षीया श्रीमति संगिता टुडुलाई निर्मम कुटपिट गरि हत्या गरेका थिए । असार ३१ गते विहान श्रीमतिको हत्या गरि फरार भएका रिख्यासनलाई गौरादह, दमक प्रहरी र मोरङ प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]