खेलकुद समिति बिर्तामोड ५ को योजना प्रस्ताव
बिर्तामोड । चालु वर्षका लागि बिर्तामोड वडा नं. ५ न को खेलकुद बिकास समितिले विभिन्न कार्यक्रम गर्ने प्रस्ताव तयार गरेको छ । समितिले उत्पादनलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न नगर तथा वडामा पहल गर्ने समेत निर्णय गरेको छ ।

समितिले ५ सय महिलालाई आत्मरक्षा तालिम गराउने, अन्डर –१९ टिम निर्माण गरि फुटबल ट्रेनिङ दिने महिला तथा पुरुष दुबैलाई, वडास्तरिय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता गर्ने, वडास्तरीय अन्डर –२३ सुपर सिक्स क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यस्तै, हाइकिङ तथा २ दिने हाइट क्याप ट्रेनिङ , दोस्रो पावरलिफटिङ प्रतियोगिता, स्पोर्ट्स हाजिरी जवाफ प्रतियोगिता, वडास्तरिय फुट्सल प्रतियोगिता, जुनियर तथा सिनियर स्कुल स्पोर्ट्स क्लब गठन, सुपर ३० (super thirty) कार्यक्रम अन्तर्गत वडाका उत्कृष्ट ३० खेलाडीलाई विभिन्न प्रोत्साहन मुलक सुबिधा तथा उपहारहरु प्रदान गर्ने, ५ नं. वडा भित्र साइकल लेन बनाउन आवश्यक पहल तथा समन्वय गर्ने, बहुबर्षे योजनाका लागि नगरसँग क्रसफिटका लागि स्थान र बजेट माग्ने प्रस्ताव तयार गरिएको छ ।
नगर खेलकुदको समन्वयमा नगर खेलकुद सम्मेलनको प्रस्ताव गर्ने, देवि माविमा कराते प्रशिक्षणको हल निर्माण गर्न लागि पहल गर्ने र किराँत कल्याण संघको बास्केटबल कोर्टको मर्मत सम्भारका लागि स्रोत व्यवस्थापन गर्ने योजना रहेको समितिका सचिव विशाल अग्रवालले जानकारी दिए ।