चैत्र १५, २०८० बिहीबार

साप्ताहिक वरुण १५ औं वर्षमा

भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको सम्पादनमा प्रकाशन शुरु गरिएको साप्ताहिक वरुण बिहीवारबाट १५ औं वर्षमा प्रवेश गरेको हो ।

२०३५ सालमा स्व. माया देवान सम्पादक र प्रकाशक तथा साहित्यकार हिरा आकाश कार्यकारी सम्पादक रहेर प्रकाशन सुरु गरिएको वरुण राजकाज मुद्दा लागेपछि केही वर्ष बन्द भएको थियो ।
२०४७ सालमा अग्रज पत्रकार नकुल काजीले पुनः प्रकाशन गर्नुभएको साप्ताहिक वरुण विवेचना दैनिक सुरु गरेपछि पत्रकार माया पकुवाललाई स्वामित्व हस्तान्तरण गर्नु भएको थियो ।
हाल पकुवालको सम्पादनमा खबर पत्रिका साप्ताहिक वरुणले निरन्तरता पाइरहेको छ ।

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]