बैशाख ७, २०८१ शुक्रबार

गेउरियाको डिलबाट धकेल्दा टुनटुनको मृत्यु, सितकुमार पक्राउ

बिर्तामोड । गाउँघरमा मागी हिड्ने खनार घर बताउने अन्दाजी ५५ वर्षका टुनटुन ऋषिदेवको हत्या आरोपमा गौरादह –७ दुधालीका सित कुमार ऋषिदेवलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकले विहानदेखि गरेको अनुसन्धानका आधारमा २५ वर्षीय सितकुमारलाई हत्या आरोपमा पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

शुक्रवार (आज) विहान गौरादह वडा नं.४ र १ को बिचमा पर्ने गेउरिया खोलाको किनारमा टुनटुनको शव फेला परेको थियो । घटनाको स्थलगत अध्ययन गरि पोष्टमार्टम गर्न दमक अस्पतालको शव गृहमा पठाइएको छ ।

टुनटुनलाई दुधाली बस्ने सेल्टु ऋषिदेवको छोरा बर्ष २५ को सित कुमारले सामान्य बादबिबाद हुँदा गेउरिया खोलाको डिलबाट धकेली फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । खोलामा धकेले पछि टुनटुनको मृत्यू भएको अनुसन्धानबाट खुलेको छ । सोही आधारमा खोजतलाश गर्दा प्रहरीले सित कुमारलाई गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो ।
झापा प्रहरीका प्रवक्ता राकेश थापाले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]