बैशाख १३, २०८१ बिहीबार

औषधि पसल बाहेक शिवसताक्षी १८ गतेसम्मलाई बन्द

झिलझिले – कोराना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको शिवसताक्षी नगरमा सोमबार रातिदेखि ‘लक-डाउन’ गरिने भएको छ। आईतबार नगर प्रमुख चन्द्र कुमार शेर्माको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लक-डाउन’ गर्ने निर्णय भएको हो ।

साउन ११ गते अर्थात सोमबार राति १२ बजेदेखि १८ गते राति १२ बजे सम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको नगर प्रमुख शेर्माले बताए। नगर स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुने र निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले लागू गर्ने छन् । नगर तथा वडा कार्यालय का अत्यावश्यक काम बाहेक सबै बन्द हुने छन् । नगर प्रमुख शेर्माले सात दिनका लागि निर्माण आयोजना पनि बन्द गर्ने निर्णय भएको बताए ।

औषधि पसल बाहेक सबै पसल व्यवसाय अर्को सूचना नआउँदासम्म पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन्। खाद्यान्न, ग्यास, तेल, फलफूल पसल, विद्यालय पनि बन्द हुनेछन् । निषेधाज्ञा अवधिभर दुध डेरी, सागसब्जी समेत बन्द हुने छन् । निर्माणको काम पनि रोकिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । निषेधाज्ञाको अटेर गर्ने व्यक्ति वा फर्म लाई कानुन अनुसार कारवाही गर्ने निर्णय भएको छ । नगरमा १४४ सक्रिय संक्रमित छन् । कोरोना दोस्रो लहरमा १४ जनाको मृत्यु भएको नगर को स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार  २ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]