जेष्ठ ६, २०८१ आईतबार

एनएमबी बैंकमा सहारा बचत खाता योजना

बिर्तामोड । एनएमबी बैंकले नयाँ योजना अन्तर्गत ‘सबैंको सहारा बचत खातामा बैंकले नै १ सय जम्मा गरिदिने भएको छ । बैंकका १ नम्बर प्रदेशका प्रमुख उत्सव घिमिरेले सहारा बचत खातामा बैंकले नै १ सय रुपैया जम्मा गरिदिने जानकारी दिएका छन् ।
सरकारको नीतिअनुसार कुनै पनि बैंकमा खाता नभएका उपभोक्तालाई लक्षित गरी एनएमबी बैंकले विभिन्न १८ वटा विशेषतासहितको बैंक खाता सञ्चालनमा ल्याएको छ । एनएमबी बैंकले आफ्ना सेवाहरुको बारेमा विस्तृत जानकारी गराउँदै गम्भीर प्रकृतिका दुर्घटनाको बीमा सुविधादेखि विभिन्न १८ प्रकारका रोग लागेको प्रमाणित भएमा एनएमबी बैंकका निक्षेप कर्तालाई १० लाखसम्म बीमा रकम उपलब्ध गराउने बैंकको नीति रहेको उनको भनाई छ ।
नेपाली बैंकहरुमध्ये उत्कृष्ट बैंकको रुपमा स्थापित भइरहेको सो बैंकले खातावालालाई सर्वाधिक ब्याजदरको घोषणा गरेको छ । विभिन्न सुविधासँगै निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटीएम कार्डको माध्यमबाट नेपालभरी जुनसुकै एटीएमबाट कारोबार गर्न सकिने बताइएको छ ।
०१७ र १८ मा बैंक अफ द इयर अवार्ड प्राप्त गरेको एनएमबी बैंकको देशभर १ सय १० वटा शाखा सञ्चालन गरिरहेको बिर्तामोड शाखाका प्रमुख मेघराज तिम्सिनाले जानकारी दिएका छन् । यसको झापाका बिर्तामोड सहित चन्द्रगडी, दुधे, केरखा र दमकमा शाखा सञ्चालनमा रहेको छ । चार वटा एक्सटेन्सन काउण्टर तथा अन्य वैकल्पिक बैंकिङ सुविधा समेत एनएमबी बैंकले प्रदान गर्दै आएको प्रमुख तिम्सिनाको भनाई छ ।

प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]