चैत्र १६, २०८० शुक्रबार

नागरिकको अटेरीपनले शिल गर्न बाध्य पालिका

सम्पादकीय
झापामा कोरोना ओरालो नझरेपछि पालिकाहरु तातिएका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको डीसीसीएमसीले गरेको निषेधाज्ञाको चरम उल्लंघनको परिणाम अहिले देखा पर्दैछ । त्यसमा स्थानीय तहको पनि उत्तिकै कमजोरी देखिएको छ । जिल्लाको निषेधाज्ञामा पालिकाहरुको प्रभावकारी सहयोग रहेन । अहिले पालिकाहरु आफै आपतमा परेका छन् । आपतमा परेकै कारण स्थानीय तहहरु कार्यपालिकाको बैठक बस्दै शिल गरिरहेका छन् । बेलैमा सचेत नहुँदा नागरिकको जीवन फेरि अप्ठ्यारो तर्फ धकेलिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर लगभग सामान्य नै भएको थियो । सामान्य भएकै कारण जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको थियो । तर, खुकुलो बनाइएको कारण सबैले त्यसको फाइदा उठाए । स्वास्थ्य मापदण्ड पालना नगरी व्यापार गर्नेले व्यापार गरे । अर्थात, खुकुलो हुँदा जो कोहिले काममा मर्जी गरे । अहिले त्यै उल्लंघन गर्दाको परिणाम भोग्नु परेको छ । निषेधाज्ञा हुँदा पनि पालना नगर्ने, नागरिकको जीवनलाई सहज बनाउने भन्दा आफु खुशी गरे ।

निषेधाज्ञा नगर्दा भोकले भन्दा रोगले मरिने भो भन्ने गरिएको छ । फेरि , निषेधाज्ञा गर्दा रोगले भन्दा भोकले मरिने भो भन्ने गरिन्छ । सबै खाले परिस्थितिमा नागरिकलाई खुशी छैन । आम नागरिकको चरम लापरबाहीका कारण कोरोना संक्रमण दर उकालो लागेको छ । निषेधाज्ञा हुनुभन्दा अघिल्लो समय जस्तै संक्रमण बढ्न थालेपछि बिर्तामोड नगरपालिकाले खाद्यन्न समेत बन्द गरेर शिल गर्ने घोषणा गरेको छ । यसअघि बुद्धशान्ति, कनकाई र दमकले शिल गरिसकेका छन् । अब, पनि चेत खुलेन भने सधैं बन्दी नै बन्नुपर्ने हुन सक्छ । यसैले स्वास्थ्य मापदण्डको पालना गरौं ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ५ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]