बैशाख ७, २०८१ शुक्रबार

मेचीनगरमा बुधबारदेखि कडा लकडाउन गर्ने

विर्तामोड – मेचीनगर नगरपालिका क्षेत्रमा भोलि राति १२ वजेदेखि कडाखालको लकडाउन हुने भएको छ । कार्यवाहक नगरप्रमुख मीना पोखरेल उप्रेतीले साना सवारी र खाद्यान्न पसल पनि बन्द गर्नु पर्ने अवस्था रहेको जानकारी दिनुभयो । यसअघि झापाको दमक, शिवसताक्षी, कन्काई, विर्तामोड, अर्जुनधाराको शनिश्चरे बजार, बुद्धशान्ति गाउँपालिका लगायतका क्षेत्रमध्ये केही बन्द भइसकेका छन् भने केही आज राति र भोलि रातिदेखि बन्द हुँदैछन् । 

मेचीनगरस्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिले आजदेखि  १५ गतेसम्म कोभिड १९ विरुद्घको भेरोसेल खोप लगाउने कार्यलाई व्यवस्थित बनाउने कामका लागि साथ सहयोग गर्न सबैसँग आग्रह गरेको छ । लक्षित समुदायलाई सम्बन्धित स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत वैठकले आग्रह गरेको छ ।

मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिका सह संयोजक कार्यवाहक नगरप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा हिजो बसेको बैठकले  साउन १२ र १३ गते ५५ वर्ष माथिका सवै नागरिकलाई खोप लगाउने तय भएकाले उनीहरुलाई सम्बन्धित स्वास्थ्य संस्थासम्म पठाउन पनि वैठकले आग्रह गरेको छ । खोप अभियानलाई भने प्रशासनको सहजीकरणमा प्रभावकारी ढंगमा सञ्चालन गर्दै लैजाने समेत वैठकले निर्णय गरेको छ ।

उपप्रमुख उप्रेतीले साउन १४ र १५ गते शिक्षक, कर्मचारी, प्राध्यापकहरु, सार्वजनिक यातायातका चालक र सहचालकहरु, अत्यावश्यक  सेवामा कार्यरत व्यक्तिहरु र विदेश जान भिषा लागेका व्यक्तिहरु, पेट्रोलियम व्यवसायमा संलग्न फ्रन्टलाईनमा काम गर्ने कामदारहरु, फ्रन्टलाईनमा काम गर्ने यसअघि छुट भएका स्वास्थ्यकर्मीहरु तथा सुरक्षाकर्मीहरु, भन्सार एजेन्ट, निर्माण व्यवसायी, बैकिङ सेवाको क्यास काउण्टरमा काम गर्ने कर्मचारी र सुरक्षा गार्डलाई खोप लगाउने जानकारी दिनुभयो । वैठकले कक्षा ११ को परीक्षालाई निरन्तरता दिन पनि सुझाव दिएको छ ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]