चैत्र १५, २०८० बिहीबार

गौरिकाको प्रतिस्पर्धा आज

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज (बुधबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

ओलम्पिक अन्तर्गत बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।

१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । यस स्पर्धामा गौरिकाको नाममा १ मिनेट ००।६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ ।

गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन्। एलेक्जेन्डर गाडेगार्ड शाह ९एलेक्स० ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन्। एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए। हिट चरणमा एलेक्सले ५३।४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ९ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]